काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीले ज्यान गुमाएका छन् ।
नेपाली दूतावासका आबुधावीका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन/भदौ) मा वैदेशिक रोजगारीका क्रममा रहेका ५१ जनाले ज्यान गुमाएको हो । जसमा साउनमा ३२ र भदौमा १९ जना नेपालीले यूएईमा ज्यान गुमाएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा यूएईमा ६२ जना नेपालीले ज्यान गुमाएका थिए ।
नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीले ज्यान गुमाएका थिए । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए ।
सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।



