Oct 30 2026 | २०८३ कार्तिक १४ गते

कर्मचारीले घुस मागे हटलाइनमा फोन गर्न मन्त्रालयको सुचना

कर्मचारीले घुस मागे हटलाइनमा फोन गर्न मन्त्रालयको सुचना

मंगलवार, आश्विन ७ २०८२
  • काठमाण्डौ । मन्त्रालय मातहतको कुनै पनि काम गर्दा कर्मचारीले घुस मागे हटलाइन नम्बरमा सोझै फोन गरेर जानकारी दिन सकिने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतका निकायका कर्मचारीहरुले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन मन्त्रालयले सुचना जारी गरेको छ ।

    अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्थ मन्त्रालय अन्तर्गतका निकाय, विभाग, बैंक तथा वित्तीय संस्था लगायतका कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने जनाएको हो।

    images

    सूचनामा यी निकायबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपरेको कार्य नगरे, नगर्नु परेको कार्य गरे वा अनुचित कार्यको लागि दबाब दिएको वा घुस तथा रिसवत माग गरेको लगायतका कुनैपनि प्रकारका ढिलासुस्ति वा सेवा प्रवाहमा कठिनाई भए सम्पर्क गर्न भनिएको हो।

    कसैले घुसमागे, रकम असुल गर्न काममा आनाकानी गरे, ढिलाई गरे अर्थमन्त्री खनालको इमेल [email protected], मन्त्रालयको इमेल [email protected] र हटलाइन १८१०५०००४०१ मा सम्पर्क गर्न सकिने छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार