Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ई-७ भिसा

होसियार ! कोरियाको ई-७ भिसाका नाममा ठगिनुहोला !

होसियार ! कोरियाको ई-७ भिसाका नाममा ठगिनुहोला !

बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं । वैदेशिक रोजगार विभागले हालै केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत 'ई-७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु' भन्दै गैरकानूनी रुपमा रकम असुली गर्ने गतिविधि बढेको भन्दै श्रमिकलाई सचेत रहन आग्रह गरेको छ।

    विभागले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म कुनै पनि संस्था वा व्यक्तिलाई आधिकारिक रुपमा ई-७ भिसा प्रक्रिया सञ्चालन गर्ने स्वीकृति नदिइएको स्पष्ट पारेको छ। विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत 'गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८०' संशोधनसहित अन्तिमरुपमा २०८२ साउन १३ गते पारित भइसकेको छ र यसलाई कार्यान्वयन गर्ने प्रक्रिया सुरु गरिएको छ।

    images

    तर, विज्ञप्तिमा भनिएको छ – 'हालसम्म सो कार्यविधिअनुसार मागपत्र प्रमाणीकरणका लागि कुनै पनि आवेदन प्राप्त भएको छैन।' यसअघि कोरियास्थित नेपाली राजदूतावासले समेत हालसम्म ई-७ भिसासम्बन्धी प्रक्रिया अघि नबढेको जानकारी गराएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार