Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अर्थ व्यवसाय

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। आज सुन दुई हजार रुपैयाँ बढेर दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । उक्त रेकर्ड आज तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आइतबारदेखि नै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य उच्च विन्दुबाट पाँच रुपैयाँ घटेर दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार