Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

रोजगारीका लागि बेलायत गएका वडाध्यक्ष एक वर्षपछि फर्किए

रोजगारीका लागि बेलायत गएका वडाध्यक्ष एक वर्षपछि फर्किए

आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । एक वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा बेलायत गएका राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ स्वदेश फर्किएका छन् ।

    एमालेबाट निर्वाचित अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन् । उनी २०८१ साल साउन २० गते बेलायत गएका थिए ।

    images

    ‘म एक हप्ताअघि मात्रै घर आएको हुँ’, उनले भने, ‘वडाअध्यक्षको जिम्मेवारी सम्हालेको तीन दिनभयो ।’

    कार्यपालिकालाई जानकारी गराएर आफू विदेश गएको उनले बताए । उनी वडा सदस्य चम्फा पुनलाई कार्यवहाक दिएर बेलायत गएका थिए । उनी वडाध्यक्ष जित्नु अघि सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार