काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्ने आश्वासन दिएकी छन् ।
आइतबार विपिनका आमा र बहिनीसँग मन्त्रालयमा भेटेर कुराकानी गरेको जानकारी दिँदै मन्त्री राणाले भेटमा विपिनका आमा र बहिनीले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह गरेको बताएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री राणाले भेटबारे जानकारी दिँदै भनेकी छन्, ‘इजरायलबाट फर्केपछि आज उहाँहरूले मलाई भेटेर यस विषयमा जानकारी गराउनुभयो । मैले उहाँहरूलाई सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी पनि दिएँ । उहाँहरूको आग्रह बमोजिम नै विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्नेछ ।’



