Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत, परिवारका सदस्य प्रहरीको सम्पर्कमा

सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत, परिवारका सदस्य प्रहरीको सम्पर्कमा

सोमवार, भाद्र ९ २०८२
  • काठमाडौँ । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ ।

    मुठवलबा गेट नजिकै मृत भेटिएकी महिलाको शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी शाह सुडीको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले बताए ।

    images

    माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । तर, उनी ४ वर्षीय छोरा पढाउन गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन् ।

    सुटकेशमा कुईनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिहरेको छ ।

    नाकबाट रगत बगेको तर, उनको शरीरमा कुनै चोट नदेखिएको डीएसपी कार्कीले बताए । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् । उनका श्रीमान् पनि भारतबाट नेपाल आएको डीएसपी कार्कीले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार