Oct 28 2026 | २०८३ कार्तिक १२ गते

परिवारलाई खुसी दिने सपना बोकेर मलेसिया गएका धनसिंह ह्वील चेयरमा फर्किए

परिवारलाई खुसी दिने सपना बोकेर मलेसिया गएका धनसिंह ह्वील चेयरमा फर्किए

सोमवार, श्रावण १२ २०८२
  • काठमाडौँ । धन कमाएर परिवारलाई खुसी दिने सपना बोकेर केहि वर्षा अघि मलेसिया पुगेका शेर्मा अहिले ह्वील चेयरको सहयोगमा नेपाल फर्किएका छन्। गत असार १६ गते मलेसियाको काजाङमा दुर्घटनामा परेका शेर्मालाई काजाङ अस्पतालमा भर्ना गरिएको थियो। अवैधानिक अवस्थामा रहेका शेर्मा १८ दिनको अस्पताल बसाई पश्चात डिस्चार्ज भएपछि उनका आफन्त पदम सिंह लिम्बूले थप उपचारको लागि क्रिस्टिना केयर होममा भर्ना गरेका थिए।

    अब उनी गैरकानुनी अवस्थामा भएकाले नेपाल फर्काउन समस्या भयो। त्यसपछि क्वालालम्पुर स्थित नेपाली दूतावासका अधिकारीहरूले उनलाई त्यहाँको अध्यागमन विभागबाट चेक आउट मेमो प्राप्त गर्न सहयोग गरे। त्यसपछि उनलाई नेपाल फर्काउन पहल सुरु भयो। उनलाई साउन ९ गते नेपाल एयरलाइन्सको उडान मार्फद नेपाल फर्काइएको हो।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका भाई मनबहादुर शेर्मासँग भावनात्मक पुनर्मिलन भएको गराउन सफल भएको दूतावासले जनाएको छ। उनलाई दूतावासरले नेपाल फर्किन निशुल्क एक तर्फी अनुमतिपत्र (ट्राभल डकुमेन्ट) र हवाई टिकटको उपलब्ध गराएको थियो।

    यी प्रतिनिधि उदाहरण मात्र हुन् माथिको गीत भने जस्तै हजारौं नेपाली श्रमिक विदेशमा अंगभंग भएका छन् भने दैनिक चार नेपालीको शव रातो बाकसमा फर्किने गरेका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको शव ल्याईएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार