Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, कडा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, कडा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ। 

    दिल्ली विमानस्थलबाट एनओसीबिनै कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्‍याइएसकिएको छ। 

    images

    दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टोलीले महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार महिलाहरूलाई प्रहरीले काठमाडौं ल्याउँदैछ। 

    त्यसैगरी गृहमन्त्री रमेश लेखकले नियन्त्रणमा भएका‍ महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। 

    मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रुपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका हुन्।  

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार