Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने गोरखाका आचार्य पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने गोरखाका आचार्य पक्राउ

आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

    पक्राउ पर्नेमा गोरखा जिल्लाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–५ बसोबास गर्ने ३७ वर्षीय रविन आचार्य रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ स्थित सामाखुशीबाट शुक्रबार पक्राउ गरेको हो।

    images

    आचार्यले दुई जना पीडितबाट क्यानडा पठाइदिन्छु भनी ६५ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ। रकम लिएको केही समयपछि उनी पीडितहरूसँग सम्पर्कविहीन भएका थिए। पीडितहरूले प्रहरीमा उजुरी को आधारमा पक्राउ गरिएको हो।

    पक्राउ परेका आचार्यलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

    आचार्य यसअघि गण्डकी प्रदेशका पुर्वमन्त्री हरिशरण आचार्यको सचिवालयमा समेत काम गरेको खुलेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार