Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विमान दुर्घटना

बंगलादेशमा विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी

बंगलादेशमा विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी

मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । बंगलादेशमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा एउटा विद्यालय भवनमा वायुसेनाको प्रशिक्षण विमान ठोक्किएर दुर्घटना भएको हो ।

    बंगलादेशको अनलाइन समाचार पोर्टल ढाका ट्रिब्युनका अनुसार उत्तरा क्षेत्रको माइलस्टोन विद्यालय तथा कलेजको भवनमा ठोक्किएको हो । अधिकारीका अनुसार मृतकमध्ये २५ जना केटाकेटी छन् ।

    images

    अर्का एक जना विमान चालक र एक जना शिक्षक रहेको जनाइएको छ । घटनामा परी घाइते भएका अरु ७८ जनाको उपचार भइरहेको छ । हालसम्म २० जनाको शव परिवारको जिम्मा लगाइएको छ ।

    बंगलादेशी सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार सोमबार दिउँसो १ बजेर ६ मिनेट जाँदा वायुसेनाको एफटी–७बीजीआई लडाकु विमानले कुर्मितोला हवाई आधारबाट उडान भरेको थियो । उडान भरेको १२ मिनेटपछि उक्त विमान दुईतले विद्यालय भवनमा बजारिएको थियो ।

    मेसिनरी समस्याका कारण दुर्घटना भएको प्रारम्भीक जानकारी दिइएको छ ।

    सोमबार विमान दुर्घटना भएपछि बंगलादेशको अन्तरिम सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सरकारले मंगलबार सबै सरकारी, अर्धसरकारीे, स्वायत्त संस्था तथा शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार