Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सोमवार, आषाढ ३० २०८२
  • काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत, काठमाडौँको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिल लगायत स्टेसनरी सामग्री वितरण गरिएको हो ।

    images

    एकेडेमीमा आयोजित कार्यक्रममा यस सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरिन्।

    एकेडेमीमा आर्थिक रुपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराइरहेको एकेडेमीका अध्यक्ष डा. माला खरेलले जानकारी दिइन्।

    यो सहयोगले विद्यार्थीहरूको पठनपाठन अघि बढाउन सहज भएको भन्दै अध्यक्ष डा. खरेलले सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गरिन्।

    आम नागरिकको विश्वास र भरोसाका कारण यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

    संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेकाे छ 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार