Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिद्धार्थ बैंकको आजदेखि ऋणपत्र निष्कासन, ७.२५ प्रतिशत निश्चित ब्याजदर पाइने

सिद्धार्थ बैंकको आजदेखि ऋणपत्र निष्कासन, ७.२५ प्रतिशत निश्चित ब्याजदर पाइने

आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले आइतबार ‘एसबिएल डिवेञ्चर २०९१’ को सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले बिक्री खुल्ला गरेको ऋणपत्र १० वर्ष अवधिको वार्षिक ७.२५ प्रतिशत ब्याजदर रहेको छ ।

    images

    बैंकले निष्कासन गरेको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने जनाएको छ । त्यसबाहेक बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने भएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

    लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको यस ऋणपत्रमा असार ३२ गते आवेदन दिन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार