Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रभु बैंक सञ्चालक समिति अध्यक्ष कार्कीले गरे पदभार ग्रहण

प्रभु बैंक सञ्चालक समिति अध्यक्ष कार्कीले गरे पदभार ग्रहण

बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं । प्रभु बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले सोमबार पदभार ग्रहण गरेका छन् ।

    नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्कीले बैंक सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरेर पदभार ग्रहण गरेका हुन् ।

    images

    राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभाग प्रमुख दीर्घ रावलको उपस्थिति थियो । त्यस अवसरमा प्रभु बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति थियो ।

    २९ पुस २०८१ मा बसेको बैंकको २३औं वार्षिक साधारणसभामा सर्वसाधारण समूहका सेयरधनीको प्रतिनिधत्व गर्दै बैंक सञ्चालक निर्वाचित कार्की १९ असारमा सम्पन्न बैंक सञ्चालक समितिको ३८०औं बैठकबाट अध्यक्ष चयन भएका हुन् ।

    ३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा बिताएर विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका कार्कीले प्रभु बैंकको अध्यक्षजस्तो पदमा चयन हुनु गर्वको विषय भएको बैंकले जनाएको छ ।

    नवनियुक्त अध्यक्ष कार्कीको नेतृत्वबाट प्रभु बैंकको व्यापार–व्यवसाय अभिवृद्धि हुनुका साथै समयसापेक्ष अत्याधुनिक प्रविधि सहित गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने विश्वास बैंकको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार