काठमाडौं । सिद्धार्थ बैंक र ‘बबरमहल भिलास’ बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकले काठमाडौंको बबरमहलस्थित बबरमहल भिलासमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज एन्ड स्पा सम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।



