Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

टीपीएस सुविधा खारेज गरेसँगै अमेरिकाले भन्यो - दुई महिनाभित्र नेपाल फर्कनू

टीपीएस सुविधा खारेज गरेसँगै अमेरिकाले भन्यो - दुई महिनाभित्र नेपाल फर्कनू

‘योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनु पर्ने भएको छ’

शुक्रवार, जेठ २३ २०८२
  • काठमाडौं । अमेरिकामा नेपालीलाई दिइएको अस्थायी बसोवाससम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज भएको छ।

    अमेरिकाको गृह सुरक्षा मन्त्रालयले एक सूचना जारी गरी नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ।

    images

    गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने घोषणा गरेकी हुन्। योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनु पर्ने भएको छ ।

    टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो। यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ३ लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन्। 

    नेपालीको लागि टीपीएस हैसियत सूचना प्रकाशित भएको ६० दिनपछि अर्थात् २०२५ मा अगस्ट ५ राति ११:५९ बजे समाप्त हुने भनिएको छ।

    २०२१ को अन्त्यसम्ममा १४ हजार ५५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार