काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा २० जेठदेखि आफ्ना ग्राहकका लागि ‘ईबीएल भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ।
ईबीएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसन मार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।
ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्ने बैंकले जनाएको छ ।
यो सेवामार्फत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यूआर स्क्यान गरेर वस्तु तथा सेवा भुक्तानी, अनलाइन ट्रान्ज्याक्सन तथा कार्ड व्यवस्थापन कार्य सजिलै गर्न सक्नेछन्।
यस सेवा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहना अनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकले जानकारी दिएको छ



