Oct 28 2026 | २०८३ कार्तिक १२ गते

फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख राजेन्द्र वीर राय पक्राउ

फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख राजेन्द्र वीर राय पक्राउ

आइतवार, जेठ १८ २०८२
  • काठमाडौं । २५० करोड भन्दा धेरै रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बलहियाबाट पक्राउ गरेको हो।

    images

    सल्यान घर भएका राय हाल बाँकेको नेपालगन्ज महानगरपालिका वडा नम्बर २० मा बस्दै आएका थिए।

    हिजो (शनिबार) पक्राउ परेका रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको असुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्तासमेत रहेका डीएसपी युवराज खड्काले जानकारी दिए।

    करोडौँ रुपैयाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार