Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एन्ड स्पामा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एन्ड स्पामा १० प्रतिशतसम्म छुट

बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सिद्धार्थ बैंक र बौद्धस्थित लाइल्याक वेलनेस एन्ड स्पाबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार बैंकका ग्राहकले लाइल्याक वेलनेस एन्ड स्पामा बैंकको प्लाटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    images

    यो सम्झौताले ग्राहकलार्ई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयबारे थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार