Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुमारी बैंक अगुवाइमा मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा

कुमारी बैंक अगुवाइमा मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा

बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । कुमारी बैक लिमिटेडको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि बुधबार लगानी सम्बन्धी सम्झौता भएको छ ।

    एमए पावर प्रालिले उक्त आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण गर्नेछ ।

    images

    लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षीतिज खड्काको उपस्थितिमा कुमारी बैक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता भएको हो ।

    स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै, डोल्मा इम्प्याक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपूँजी लगानी रहने कम्पनीका अध्यक्ष आचार्यले बताए ।

    यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेड मार्फत २२ मेगावाट सेतीखोला जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

    आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग १ कात्तिक २०८० मा विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) २२ वैशाख २०८६ रहेको छ ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्ष आचार्यले बताए ।

    आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दुरीमा प्राधिकरणको मार्किचोक सबस्टेसनमा २२०/१३२ केभीमा जोडिने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार