Oct 28 2026 | २०८३ कार्तिक १२ गते

स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा

स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा

बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बुधबार स्याङ्जाको बिरुवा गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकामा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    बिरुवा शाखा उद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दीलिपप्रताप खाँडले संयुक्त रूपमा गरे । त्यसैगरी अर्जुनचौपारी शाखा उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रूपमा गरे ।

    images

    उद्घाटन कार्यक्रममा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवि लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

    सञ्चालनमा आएका नयाँ शाखा कार्यालबाट उक्त क्षेत्रका स्थानीयवासिन्दा, व्यावसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थालाई उत्कृष्ट सेवा प्रवाहमा बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार