Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

सिन्डिकेट विरोधी अभियानमा व्यवसायीको ऐक्यबद्धता

सिन्डिकेट विरोधी अभियानमा व्यवसायीको ऐक्यबद्धता

शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा मलेसियाको सिन्डिकेट विरोधी अभियानमा व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन् ।

    ५०० बढी वैदेशिक रोजगार व्यवसायीले बुधबारदेखि  हातमा कालोपट्टी र कालो ब्यानरसहित सिन्डिकेट विरोधी आन्दोलनमा उत्रिएको संघले सबै व्यवसायीलाई सिन्डिकेट विरोधी संघको अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।

    images

    बुधबार २९६ व्यवसायीले ऐक्यबद्धता जनाएकोमा बिहीबार थप २०० बढीले ऐक्यबद्धता जनाएको भन्दै संघका अध्यक्ष भुवनसिंह गुरुङले सबै व्यवसायीबाट ऐक्यबद्धता आउने अपेक्षा रहेको बताए ।

    बुधबारदेखि संघका पदाधिकारी तथा पूर्वअध्यक्षहरूले कालोपट्टी बाँधेर सिन्डिकेट विरोधी अभियान सुरु गरिएको बताएका थिए । संघले आफ्ना सदस्यहरूलाई सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता माग गरेको छ । करिब १ हजारको संख्यामा रहेका व्यवसायीमध्ये दुई तिहाइभन्दा बढी व्यवसायीले मलेसियामा कामदार पठाउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार