Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । मरेको खसी काटेर बचेको आरोपमा पोखराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ छन् ।

    images

    उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता हरि बस्नेतले बताए ।

    प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार