Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्यमा भारी गिरावट, आज कति पुग्यो ?

सुनको मूल्यमा भारी गिरावट, आज कति पुग्यो ?

बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं । सुनको मूल्य बुधबार पनि प्रतितोला सातसय रुपैयाँले घटेको थियो। 

    मूल्य घटेर आज सुन तोलाको एक लाख ८३ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार सुन तोलामा १४ सय रुपैयाँ घटेको थियो भने मंगलबार पाँचसय रुपैयाँले बढेको थियो।

    images

    यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा १४ हजार चारसय रुपैयाँ गिरावट आइसकेको छ।

    आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार