Oct 29 2026 | २०८३ कार्तिक १३ गते

तनहुँको श्याम्घामा ५० रोपनीमा अदुवा खेती

तनहुँको श्याम्घामा ५० रोपनीमा अदुवा खेती

बुधवार, बैशाख १७ २०८२
  • तनहुँ । एक सय ३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले पचास रोपनीमा अदुवा खेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरेका हुन् ।

    जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामाअदुवाखेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासंघमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ ।

    images

    अखिल नेपाल ट्रेड महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मंगलबार २० जना संगठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो । पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ ।

    बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने भएकाले अदुवा खेतीलाई प्राथमिकता दिइएको महासंघ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार