Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मलेसियाका नेपालीले माछापुच्छ्रे बैंकमा सहजै रकम पठाउन सक्ने, सीबीएलसँग सम्झौता

मलेसियाका नेपालीले माछापुच्छ्रे बैंकमा सहजै रकम पठाउन सक्ने, सीबीएलसँग सम्झौता

मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ।

    बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यो सम्झौता गरेको जनाएको छ। सीबीएल मनी ट्रान्सफरसँग सहकार्य गरी सोमबारदेखि विधिवत् रुपमा रेमिट्यान्स सेवा सुरु भएको हो।

    images

    रेमिट्यान्ससम्बन्धी सो सम्झौतापत्रमा सीबीएलका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

    सम्झौतापछि त्यहाँ रहेका नेपालीहरुले सीबीएलका १५ शाखा र सीबीएलकै सिटी रेमिट एपबाट एमबीएल रेमिट  गरी नेपाल पठाएको रकम सजिलैसँग बैंकका १६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजार बढी रेमिट्यान्स एजेन्टमार्फत नेपालभर सजिलै भुक्तानी लिन सकिनेछ।

    साथै सीबीएल मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबीएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ।

    मलेसियाका नेपाली कामदारहरूको सुविधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपको सेवा पनि उपलब्ध गराएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार