Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मुक्तिनाथ विकास बैंकको ७२ करोड भन्दा बढी नाफा

मुक्तिनाथ विकास बैंकको ७२ करोड भन्दा बढी नाफा

सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकसम्ममा मुक्तिनाथ विकास बैंकले ७२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

    बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा भने १६.८६ प्रतिशत कमी रहेको छ  । बैंकको संचालन नाफा १८ प्रतिशत घटेर १ अर्ब ३ करोड ५२ लाख रुपैयाँ कायम भएको छ भने आर्थिक वर्षको सोही अवधिमा नाफा १ अर्ब २६ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

    images

    बैंकको खुद ब्याज आम्दानी ४.९७ प्रतिशत बढेर ३ अर्ब २८ करोड ५८ लाख रुपैयाँ भएको छ । बैंकको वितरणयोग्य नाफा ६१ करोड ९५ लाख रुपैयाँ रहेको छ भने यसका आधारमा बैंकको लाभांश क्षमता भने ८.७९ प्रतिशत छ ।

    बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ । बैंकको व्यवासय पनि बढ्दो नै देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी १३.७१ रुपैयाँ छ र प्रतिसेयर नेटवर्थ १५८.३ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार