Oct 28 2026 | २०८३ कार्तिक १२ गते

घट्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा, कति छ चुक्ता पुँजी ?

घट्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा, कति छ चुक्ता पुँजी ?

सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा ११.१७ प्रतिशतले गिरावट आएको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँ पुगेको थियो ।

    बैंकको खुद ब्याज आम्दानी १७.३३ प्रतिशतले घटेर ३ अर्ब २४ करोडमा सीमित भएको  छ भने  गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आम्दानी ३ अर्ब ९२ करोड रुपैयाँ  रहेको थियो । बैंकको सञ्चालन आम्दानी ५.३४ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ ।

    images

    खराब कर्जा २.१४ प्रतिशतबाट घटाएर १.४४ प्रतिशतमा सीमित गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७४ पैसाले घटेर २८ रुपैयाँ ८६ पैसामा आएको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार