Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल एसबीआई बैंकको नाफामा ३.३५ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

नेपाल एसबीआई बैंकको नाफामा ३.३५ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म नेपाल एसबीआई बैंकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस आर्थिक वर्षमा बैंकको खुद नाफा ३.३५ प्रतिशतले मात्रै वृद्धि भएको छ  ।

    चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो ।

    images

    बैंकको विरणयोग्य नाफा १ अर्ब ५ करोड १५ रुपैयाँ रहेको छ भने हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ।

    बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४ करोड २९ लाख रूपैयाँले घटेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी रहेकोमा यस वर्ष घटेर ३ अर्ब ५३ करोड ४९ लाख रुपैयाँमा सिमित भएको छ ।

    बैंकको जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ राखेको छ भने बैंकसँग ४.०६ प्रतिशत खराब कर्जा छ । हाल बैंकको प्रतिसेयर आम्दानी १४.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार