Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

वैदेशिक रोजगारीका नाममा लाखौं ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा लाखौं ठगी, दुई जना पक्राउ

बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा मोरङ घर भएका ईश्वर पोखरेललाई चैत २९ गते काठमाडौंबाट पक्राउ गरिएको छ । उनले क्यानाडा पठाइदिन्छु भनी एक जनाबाट १० लाख ५१ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

    images

    यसैगरी चैत ३० गते इलामका श्याम खड्कालाई ललितपुरबाट पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ । खड्काले रोजगारीका लागि बेलायत पठाइदिने प्रलोभन देखाएर दुई जनाबाट ३६ लाख रुपैयाँ ठगी गरेको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    कार्यालयले पक्राउ परेका दुवै आरोपीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार