काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बैंकले ३ प्रतिशत बापतको सेयर नेप्सेमा सूचीकृत गरेको छ ।
सो बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा भए पश्चात लगानीकर्ताले खरिदबिक्री गर्न सक्ने बैंकले जानकारी दिएको छ ।



