Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्यमा फेरि रेकर्ड, अब एक तोला किन्न १ लाख ८० हजार ३ सय खर्चिनु पर्ने

सुनको मूल्यमा फेरि रेकर्ड, अब एक तोला किन्न १ लाख ८० हजार ३ सय खर्चिनु पर्ने

बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ । हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो । 

    images

    यसैबिच चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार