Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ। सुनसँगै चाँदी पनि आज सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। 

    images

    गएको शुक्रबारदेखि लगातार उच्च मूल्यको रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज थोरै सस्तिएको हो।  हिजो प्रतितोला १८ सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो बनेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार