Oct 28 2026 | २०८३ कार्तिक १२ गते

थाइल्याण्डको औपचारिक भ्रमण

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

भ्रमणमा २३ जनाको जम्बो टोली

मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलवार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन् ।

    मङ्गलवार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन् ।

    images

    उनको भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

    मङ्गलवार दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड प्रस्थान गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार