Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अपराध

काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ

काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ

सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा एक लाख लेनदेनको विवादमा एक युवकको हत्या भएको छ । 

    माकलबारीमा संचालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

    images

    हत्यामा संलग्न आरोपमा प्रहरीले वर्कसप सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । 

    गोकर्णेश्वरको बाहुनधारा बस्ने साह चैत ११ देखि सम्पर्कबिहीन थिए ।  चैत १५ मा हत्या गरेर वर्कसप पछाडिको जमिनका गाडेको अवस्थामा शव भेटिएको एसपी बोहराले जानकारी दिए ।

    हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा वर्कशप सञ्चालक सर्लाही घर भएका २२ वर्षीय निप मण्डल, १८ वर्षीय बिजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत घर भएर दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा छन् ।

    १ लाख १० हजार रुपैयाँ लेनदेन विवादमा उनको हत्या भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।   साहले ग्यारेज सञ्चालक मण्डलसँग रकम लिनुपर्ने थियो । रकम लिन उनी वर्कसपमा पुग्छन् । मण्डलले पैसा दिन आनाकानी गरेपछि ‘पैसा नलिई जान्न’ भन्दै साह घण्टौँ वर्कसपमा बसेपछि उनीहरूको बिचमा विवाद भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । 

    ती अधिकृतले भने, ‘साहले पैसा नलिई नजाने अडान राखेसँगै वर्कसपका कामदार र बाहिरबाट समेत थप व्यक्ति बोलाएर हत्या गरेको देखिन्छ ।

    हत्यामा संलग्न निपु, विजय र करन मुख्य आरोपी हुन् । जोधन मतियारको रूपमा देखिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार