Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुर्गा प्रसाईंले प्रहरीसँग माफी माग्दै म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु

दुर्गा प्रसाईंले प्रहरीसँग माफी माग्दै म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु

आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।

    शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए ।

    images

    सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । यसबारे उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन । म भागेको छैन ।’

    उनले आफू सुरक्षित मात्रै बसेको मात्रै उनले बताएका छन् । ‘म सुरक्षित ठाउँमा बसेको छु । म भाग्नलाई जन्मिएको होइन,’ उनले भनेका छन् । त्यसयता फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका हुन् ।

    ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन् । उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताएका छन् ।

    ‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडिओमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार