Oct 28 2026 | २०८३ कार्तिक १२ गते

४ दिनदेखि लगातार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ दिनदेखि लगातार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । विगत ४ दिनदेखि सुनको भाउ लगातार घटेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबारदेखि लगातार मूल्य घटेको हो । बिहीबार प्रतितोला १ लाख ७६ हजारमा कारोबार भएको सुन शुक्रबार १ हजार घटेको थियो ।

    images

    त्यस्तै आइतबार ९ सय, सोमबार ६ सय घटेको सुन आज मंगलबार २ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ तोकेको छ । उच्च मूल्यबाट सुन २७ सय रुपैयाँ घटिसकेको छ ।

    चाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । प्रतितोला १ हजार ९८० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार