Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवस

दलितको घर भत्काएको विरोधमा माइतीघरमा अर्धनग्न प्रदर्शन

दलितको घर भत्काएको विरोधमा माइतीघरमा अर्धनग्न प्रदर्शन

शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । सिराहामा दलितको घर भत्काएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। शुक्रबार दिउँसो माइतीघर मण्डलामा ‘दलितलाई खै’का अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।

    दलितका लागि दलित अभियान, नेपालको आयोजनामा जंजिरले बाँधेर उनीहरूले प्रदर्शन गरेका हुन्। माइतीघरदेखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन्।

    images

    सिराहाका औरही गाउँपालिका-५ मा दीपक मल्लिकको घर भत्काएर महायज्ञ गर्न लागेको भन्दै विरोध हुँदै आएको छ।

    यसबारेमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन समेत दिएको छ। त्यस्तै सिराहाका सिडिओ बासुदेव दाहाललाई पनि गृह मन्त्रालयमा तानेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार