Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दाङकी महिला एक वर्षदेखि दुबईमा बेपत्ता, खोजी गरिदिन सांसदको आग्रह

दाङकी महिला एक वर्षदेखि दुबईमा बेपत्ता, खोजी गरिदिन सांसदको आग्रह

बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । दाङकी लिला श्रेष्ठ एक वर्षदेखि दुबईमा बेपत्ता भएकी छन्।

    वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेकी श्रेष्ठ बेपत्ता भएकी भन्दै राष्ट्रिय सभा सांसद जगप्रसाद शर्माले श्रेष्ठको खोजी गर्न सरकारसँग अनुरोध गरे।

    images

    उनले भने, ‘दाङको तुलसीपुर उपमहानगरपालिका–१ निवासी श्रेष्ठ रोजगारीको सिलसिलामा दुबई गएको तीन वर्ष भएको छ। विगत एक वर्षदेखि उहाँ बेपत्ता हुनुहुन्छ, उहाँ आफन्तको सम्पर्कमा पनि हुनुहुन्न, परिवारले खोजी गरिरहे पनि अहिलेसम्म पत्ता लागेको छैन।’

    सांसद शर्माले दुबईस्थित राजदूतावास, परराष्ट्र मन्त्रालय र सरोकार भएका निकायसँग आवश्यक समन्वय गरेर श्रेष्ठको खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार