Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रेसुङ्गा बिमानस्थलमा फागुनभर पनि उडान नहुने

रेसुङ्गा बिमानस्थलमा फागुनभर पनि उडान नहुने

मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौ । गुल्मीको रेसुङ्गा बिमानस्थलमा फागुन महिनाभर उडान नहुने भएको छ । विगत दुई महिनादेखि उडान ठप्प रहेको बिमानस्थलमा थप एक महिना जहाज नआउने भएको हो । हाल गुल्मीमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको छ । एयरलाइन्सका रेसुङ्गा स्टेशन इन्चार्ज सुमन थापाका अनुसार त्यस्ता जहाज नेपालमा दुईवटा छन् ।

    एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । ‘जहाज हाल बिग्रेर मर्मतको लागि काठमाडौंमा छ ।’ थापाले भने, ‘फागुन महिनाभर पनि उडान हुने कुनै सम्भावना छैन ।’ थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए ।

    images

    रेसुङ्गा बिमानस्थलमा पछिल्लो पटक एयरलाइन्सले २०८१ मंसिर २४ मा तम्घास–काठमाडौ उडान भरेको थियो । ०७९ वैशाख ३ गते पहिलो उडान भएको बिमानस्थलमा झण्डै २० महिनाको अवधिमा ९० वटामात्रै उडान भएका छन् ।

    उक्त उडानमध्ये तम्घास–काठमाडौं एक हजार एक सय ६५ र काठमाडौं–तम्घास एक हजार ८८ यात्रुले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाई छ । जहाजले एक पटकमा १९ जनासम्म यात्रु बोक्न सक्छ । बिमानस्थलमा उडान भएपनि कर्मचारी भने तीनजना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार