Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

थाइल्यान्ड र म्यानमारको जागिरको लोभमा नपर्न सरकारको आग्रह

थाइल्यान्ड र म्यानमारको जागिरको लोभमा नपर्न सरकारको आग्रह

बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमार यात्रासम्बन्धी चेतावनी (ट्राभल एडभाइजरी)जारी गरेको छ।  मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी थाइल्यान्ड र म्यानमार जान लागेका नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो।

    यी मुलुकहरूमा देखिएको मानव बेचबिखन, ठगी तथा अन्य आपराधिक गतिविधिहरूका कारण नेपाली नागरिकहरू जोखिममा परिरहेको भन्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन पनि भनेको छ। 

    images

    मन्त्रालयले जारी गरेको ट्राभल एडभाइजरीमा विशेष गरी सूचना प्रविधि (आईटी) क्षेत्रका आकर्षक रोजगारीका अवसरको लोभमा नेपालीहरू फस्ने गरेका घटनाहरू उल्लेख छन्। थाइल्यान्ड र म्यानमारमा उच्च तलब र सुविधा भएको भन्दै नेपाली युवाहरूलाई गलत तरिकाले फसाइने गरेको र उनीहरूलाई शोषणमा पारिएको सूचना पाइएको मन्त्रालयले जनाएको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय थाइल्यान्ड हुँदै म्यानमारको जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती लगिएको नेपालीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। 

    नेपालीमाथि अमानवीय शोषणमा पारिएको, शारीरिक तथा मानसिक यातना भोग्नु परेको तथा बन्धक बनाइएका घटनाहरू सार्वजनिक भइरहेका छन्।

    मन्त्रालयले आकर्षक जागिर, राम्रो तलब तथा सुविधाको प्रलोभनमा नपर्न आग्रह गरेको छ। त्यस्तै अवैध रूपमा यात्रा नगर्न तथा ठगी वा मानव बेचबिखनमा संलग्न गिरोहबाट बच्न पनि मन्त्रालयले सुझाव दिएको छ।  

    कुनै पनि शंकास्पद रोजगार प्रस्ताव स्वीकार गर्नुअघि परराष्ट्र मन्त्रालय वा नेपाली दूतावाससँग सम्पर्क राख्न पनि मन्त्रालयले भनेको छ।

    सरकारले यस विषयमा थप जानकारी तथा सहायता आवश्यक परे नजिकको नेपाली दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार