Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

कानुन विपरीत बसेको आरोपमा मलेसियाले एकैपटक १८ नेपालीलाई गर्‍यो ‘डीपोर्ट’

कानुन विपरीत बसेको आरोपमा मलेसियाले एकैपटक १८ नेपालीलाई गर्‍यो ‘डीपोर्ट’

गत पुसमा पनि मलेसिया सरकारले १३ जना र मंसिरमा २६ जना नेपालीलाई निष्कासन गरेको थियो।

बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । कानुन विपरीत बसोबास गरिरहेको आरोपमा मलेसिया सरकारले १८ नेपालीलाई ‘डीपोर्ट’ गरेको छ ।

    नेपाल फर्काइनेमा चन्द, तामाङ, चौधरी, बलोन, बुढाथोकी, श्रेष्ठ, तमेली, यादव, सार्की, घर्तीमगर, शेर्पा, कानु, आले मगर, सुनार, रिमाल, यादव, लिम्बु र तामाङ थर रहेका छन्।

    images

    स्रोतका अनुसार उनीहरूलाई यसै साता मलिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको जनाएको छ।

    नेपालीहरूको वैदेशिक रोजगारको प्रमुख गन्तव्य स्थान मलेसिया पनि हो। मलेसियामा लाखौं नेपालीहरू कार्यरत छन्। कतिपय प्रक्रिया पुर्‍याएर त्यहाँ पुगेका छन् भने कतिपय गैरकानुनी तरिकाबाट पनि मलेसियामा काम गरिरहेका छन्।

    कानुन विपरीत काम गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमनले बेला-बेला पक्राउ गरी अनुसन्धान पनि गर्ने गरेको छ। यसैबीच मलेसियाको अध्यागमनले ठूलो संख्यामा नेपालीहरूलाई निष्कासन (डीपोर्ट) गरेको हो।

    गत पुसमा पनि मलेसिया सरकारले १३ जना र मंसिरमा २६ जना नेपालीलाई निष्कासन गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार