काठमाडौं । केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इसराइल उडेका छन्।
वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इसराइल उडेका हुन्।
गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएका थिए। उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागको इसराइल शाखा अधिकृत धनन्जय कुमार शाहले जानकारी दिए।
हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इसराइल पुगिसकेको शाहले बताए।



