Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पोर्चुगलमा जनयुद्ध दिवस मनाइने

पोर्चुगलमा जनयुद्ध दिवस मनाइने

बुधवार, माघ ३० २०८१
  •  काठमाडौं । जनयुद्धको २९औं वार्षिकोत्सवको अवसरमा पाेर्चुगलकाे लिस्बनमा एक विशेष कार्यक्रम गरिने भएकाे छ । आगामी आइतबार रेस्टुरेन्ट एभरेस्ट नेपाल, रुआ अलभाराे काेटिन्हाे टुबी, ११५०-०२५ लिस्बनमा एक समाराेहका बीच त्यहाँ रहेका नेपालीकाे एक समूहले जनयुद्ध दिवस मनाइन लागेकाे हाे ।

    कार्यक्रम संयोजक सीता ढकाल सुवेदीका अनुसार, पोर्चुगलमा रहेका माओवादी विचारधारा बोकेका क्रान्तिकारीहरू, सामाजिक रूपान्तरणका पक्षधरहरू, तथा नेपाली समुदायका सचेत व्यक्तिहरूले यो दिवसलाई महत्वका साथ मनाउने तयारी गरेका छन् ।

    images

    विशेष गरी प्रवासमा रहेका नेपालीहरूका लागि यो कार्यक्रम नेपाली राजनीतिक आन्दोलनप्रति सचेत रहने, जनयुद्धको मूल्य र बलिदानलाई सम्झने, र भावी योजनाहरू बारे छलफल गर्ने अवसर हुनेछ । प्रवासी भूमिमा बस्दै गर्दा पनि वर्गीय हित र श्रमिक अधिकारको संरक्षणमा नेपाली समुदायलाई संगठित गराउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

    कार्यक्रम मूल समारोह समितिका निर्देशक अर्जुन घिमिरेका अनुसार, यस अवसरमा जनयुद्धको आदर्श, उपलब्धिहरू, वर्तमान परिस्थितिका चुनौतीहरू, र भविष्यमा माओवादी आन्दोलनले लिनुपर्ने बाटोबारे विस्तृत छलफल गरिनेछ ।

    माओवादी आन्दोलनलाई सही मार्गमा अगाडि बढाउने, विभाजन अन्त्य गरी एकीकृत संगठन निर्माण गर्ने, र प्रवासी भूमिमा पनि विचारधारात्मक सशक्तीकरण गर्ने रणनीतिहरूमा गहन बहस हुने अपेक्षा गरिएको छ । कार्यक्रमको समापन “लाल सलाम!” का नारासहित जनक्रान्तिको विजय यात्रालाई निरन्तरता दिने प्रतिबद्धतासहित गरिने आयोजकहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार