Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेसपा महाधिवेशन

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासबाट पनि अनलाइन मतदान

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासबाट पनि अनलाइन मतदान

बुधवार, माघ ३० २०८१
  • काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन् ।

    विभिन्न देशमा रहेका प्रवासमा संगठनहरू मध्ये भारत, हङकङ, दुबई, कुवेत, क्रोयसिया, अस्ट्रेलिया, अमेरिका, जापान, मलेसिया, कोरिया लगायतका देशका प्रवास कमिटीमा रहेका योग्य मतदाताले पार्टीको नेतृत्व चुन्ने प्रक्रियामा भाग लिएका हुन् ।

    images

    नेसपाको पहिलो महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि हिजो (मंगलबार) मतदान भएको थियो ।  जसका लागि नेसपा नयाँ शक्तिले सफ्टवेयर निर्माण गरेको नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले बताईन् ।

    उनका अनुसार लगभग ४० देखि ५० जना प्रतिनिधिले प्रवासबाट मतदान गरेका छन् । भारत प्रवास र अन्य मुलुक गरी लगभग १२ वटा राष्ट्रबाट नेतृत्व चुन्नका लागि मतदान भएको उनले बताईन् ।

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को  पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको हो । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् ।

    महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजालसँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार