काठमाडौं। रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली चेली कमला वाइवा बेपत्ता भएकी छिन्। २१ महिनाअघि कुवेत पुगेकी उत्तरगया गाउँपालिका-४,रसुवाकी २९ वर्षीया वाइवा गत दुईहप्ता देखि बेपत्ता भएकी हुन्।
उनको खोजीका लागि सक्दो सहयोग गरिदिन कमलाका बाबु काजीमान वाइवाले सवैलाई अनुरोध गरेका छन्।



