Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रवास

इन्डेक्स एक्सचेन्जको ‘विन अ मिलियन – सिजन ५’ सुरु, १० लाख रुपैयाँ र सुन जित्ने अवसर

इन्डेक्स एक्सचेन्जको ‘विन अ मिलियन – सिजन ५’ सुरु, १० लाख रुपैयाँ र सुन जित्ने अवसर

आइतवार, आश्विन २५ २०८३
  • इन्डेक्स एक्सचेन्जको ‘विन अ मिलियन – सिजन ५’ सुरु, १० लाख रुपैयाँ र सुन जित्ने अवसर

    यूएई: इन्डेक्स एक्सचेन्जले चाडपर्वको अवसरमा आफ्ना लोकप्रिय प्रमोशन ‘विन अ मिलियन – सिजन ५’ पुनः सुरु गरेको छ।

    images

    यस प्रमोशन मार्फत ग्राहकहरूले नेपालमा रहेका आफ्ना परिवारलाई पैसा पठाउदा नगद पुरस्कार र सुन जित्ने अवसर प्राप्त गर्ने भएका छन् । ग्राहकहरूले इन्डेक्स एक्सचेन्जका शाखाहरू मार्फत नेपाल पैसा पठाई १० लाख नेपाली रुपैयाँ सम्म नगद र सुन जित्ने अवसर प्राप्त गर्न भएका हुन्। प्रमोशन १० नोभेम्बर २०२६ सम्म सञ्चालन भएको छ। भने पहिलो भाग्यशाली लक्की ड्र १२ अक्टोबर २०२६ मा हुनेछ।

    विगत पाँच दशकदेखि इन्डेक्स एक्सचेन्जले यूएईको रेमिट्यान्स क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। प्रवासी समुदायलाई सेवा प्रदान गर्दै परिवारसँग आर्थिक सम्बन्ध कायम राख्न सहयोग पुर्‍याउँदै आएको यस संस्थाको ५० वर्षको विश्वास र सेवाको विरासत, यसको ग्राहक केन्द्रित पहलहरूको आधार बनेको छ।

    अघिल्ला संस्करणहरूको सफलतालाई निरन्तरता दिँदै ‘विन अ मिलियन’ इन्डेक्स एक्सचेन्जको लोकप्रिय चाडपर्व लक्षित अभियानका रूपमा स्थापित हुँदै गएको छ। सन् २०२५ मा सञ्चालन गरिएको चौथो संस्करणपछि पाँचौँ संस्करण दशैं र तिहारको उल्लासमय अवसरमा थप उत्साहका साथ आएको छ। विदेशमा रहेका नेपालीहरूका लागि चाडपर्वमा घरपरिवारलाई पैसा पठाउनु केवल आर्थिक कारोबार मात्र नभई माया, जिम्मेवारी र आत्मीयताको प्रतीक पनि हो। हरेक रेमिट्यान्स सँग परिवारप्रतिको माया, जिम्मेवारी र आशा जोडिएको हुन्छ। ‘विन अ मिलियन – सिजन ५’ ले यही भावनात्मक सम्बन्धमा पुरस्कार जित्ने थप उत्साह र अवसर जोडेको छ।

    पहिलो लक्की ड्र नजिकिँदै गर्दा इन्डेक्स एक्सचेन्जले सम्पूर्ण ग्राहकलाई यस प्रमोशनमा सहभागी भई १० नोभेम्बर २०२६ भित्र यस अवसरको लाभ लिन आग्रह गरेको छ। "घरमा पैसा पठाउनुहोस्"  चाडपर्वको खुसी बाँड्नुहोस् र पुरस्कार जित्ने अवसर प्राप्त गर्न सबै ग्राहकबर्गमा अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार