Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अन्तर्राष्ट्रिय समाचार

इरानी आक्रमणबाट कुवेतमा नेपालीको मृत्यु

इरानी आक्रमणबाट कुवेतमा नेपालीको मृत्यु

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । इरानले कुवेतमा गरेको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा नेपाली नागरिकको ज्यान गएको जानकारी दिएको हो।

    मन्त्रालयका अनुसार मृतक नेपालीको पहिचानसहित विस्तृत विवरण अझै प्राप्त हुन बाँकी रहेको छ। घटनाबारे थप जानकारी संकलन गर्न तथा मृतकको विवरण यथाशीघ्र उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकिएको जनाएको छ।

    images

    कुवेतको रक्षा मन्त्रालयका अनुसार बिहीबार बिहान उत्तरी कुवेतमा रहेको चिनियाँ कम्पनीको भवनलाई लक्षित गरी इरानले आक्रमण गरेको थियो। उक्त आक्रमणबाट भवनमा ठूलो भौतिक क्षति पुगेको जनाइएको छ।

    घटनापछि कुवेतमा रहेका नेपालीहरूको सुरक्षाबारे चासो बढेको छ। परराष्ट्र मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको अवस्थाबारे निरन्तर जानकारी संकलन गरिरहेको जनाएको छ।

    यस घटनाले मध्यपूर्वमा बढ्दो सुरक्षा चुनौतीसँगै विदेशमा कार्यरत नेपालीहरूको सुरक्षाप्रति थप चिन्ता उत्पन्न गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार