Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी

यूएईमा नुवाकोटका एक युवाले गरे आत्महत्या

यूएईमा नुवाकोटका एक युवाले गरे आत्महत्या

मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा एक युवाले आत्महत्या गरेका छन् । नुवाकोट बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी आफू कार्यरत कम्पनीमै झुण्डिएर आत्महत्या गरेका हुन् ।

    त्यहाँ कार्यरत मृतकका सहकर्मीले माघ १८ गते तिवारी मृत फेला परेको जानकारी उनका भाइ हरिहर तिवारीलाई गराएको बेलकोटगढी–१० का वडाध्यक्ष प्रल्हाद प्रसाद थपलियाले बताए।

    images

    श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि तिवारी नेपाल आउन छाडेका थिए। उनकी श्रीमती पनि छोरासहित माईतीमै बस्दै आएकी छन्।
    १२ वर्षदेखि यूएईमा कार्यरत तिवारी एक पटक मात्रै छुट्टीमा फर्किएका थिए। तर उनी परिवारका अन्य सदस्यसँग भने नियमित सम्पर्कमै रहेको वडाध्यक्ष थपलियाले बताए।

    यता श्रीमती र अर्का एक पुरुषको कारण आफ्ना दाजुको मृत्यु भएको भन्दै भाइले दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिन खोजेका थिए।

    तर प्रहरीले शव आएपछि रिपोर्ट हेरेर के गर्ने भन्ने सल्लाह गरौँला भन्दै फर्काइदिएका छन्। शव नेपाल ल्याउनका लागि परिवारले कन्सुलर सेवा विभागमार्फत निवेदन दिएका छन्। । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार