Oct 30 2026 | २०८३ कार्तिक १४ गते

वैदेशिक रोजगार

यूएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

यूएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

आइतवार, माघ २० २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१९ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने ४५ वर्षीय वसन्त योगी छन् ।

    योगीले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार